धितोपत्र बोर्डको अध्यक्षका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन

२९ फाल्गुन २०८०, मंगलवार २२:०१

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन दिएका छन् ।

तत्कालिन बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय डा।नबराज अधिकारी र कृष्ण पोखरेलले आवेदन दिएका हुन ।

नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठले पनि आवेदन दिएका छन् । उनलाई उप प्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठको आड भरोसा छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*