नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

३० फाल्गुन २०८०, बुधबार १०:५२

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिइसकेका छन् । यस्तै, धितोपत्र बोर्डले पनि मर्जरका लागि स्वीकृति दिइसकेको छ । मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*