लोक सेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग्यो

३० फाल्गुन २०८०, बुधबार ११:३८

काठमाडाौं । लोक सेवा आयोगले ठूलो संख्यामा खरिदार माग गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै ५ सय ३७ जना खरिदार माग गरेको हो ।

आयोगले आदिवासी, खुल्ला र समावेशी पदका लागि देशभरका आयोगका कार्यालयले आवश्यकता कर्मचारी पदपूर्तिका विज्ञापन खुलाएको छ । सूचनाअनुसार लोक सेवा आयोग धनकुटा कार्यालयले ३८ जना, इलाम कार्यालयले ३१ जना, खोटाङ कार्यालयले २६ जना, जलेश्वर कार्यालयले ७१ जना, काठमाडौं कार्यालयले ११८ जना, हटौंडा कार्यालयले १६ जना र पोखरा कार्यालयले ४५ जना कर्मचारी माग गरेका छन् ।

त्यस्तै, लोक सेवा आयोग बागलुङ कार्यालयले २० जना, बुछवल कार्यालयले ३५ जना, दाङ कार्यालयले २७ जना, सुर्खेत कार्यालयले ३१ जना, जुम्ला कार्यालयले १८ जना,, दिपायल कार्यालयले ३४ जना महेन्द्रनगर कार्यालयले २७ जना कर्मचारी माग गरेका छन् ।

आयोगले परीक्षाको आवेदनको दस्तुर ५ सय रुपैयाँ ताकेको छ । साथै, थप समावेशी समूहका लागि प्रत्येकमा १५० रुपैयाँ तोकेको छ । आवेदन आगामी चैत २० गतेसम्म दिन सक्नेछन् ।

दोब्बर दस्तुर तिरेर चैत २७ गतेसम्म आवेदन दिन सक्नेछन् । खरिदारको पहिलो चरणको परीक्षा वैशाख २९ गते र दोस्रो चरणको असार १४ गते र १५ गते हुनेछ । साथै, आन्तरिकतर्फको परीक्षा असार १६ गते र १७ गते हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*