पद्मोदय माविले मनायो ७८ औं वार्षिकोत्सव

३० फाल्गुन २०८०, बुधबार १२:१६

काठमाडौं । पद्मोदय माध्यमिक विद्यालय, रामशाह पथ, काठमाडौंले आफ्नो स्थापनाको ७८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयले फागुन २९ गते मंगलबार एक भव्य समारोहका बीच वार्षिकोत्सव सम्पन्न गरेको हो ।

उक्त वार्षिकोत्सव बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वि.स २००३ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा एलकेजी देखि १२ सम्म पढाइ हुने गरेको छ ।

कार्यक्रममा उत्कृष्ट छात्रछात्रालाई कमला पुरस्कार निबन्ध प्रतियोगिता, गोमादेवी पाठक छात्रवृत्ति, आनन्दप्रसाद ढुङ्गाना छात्रवृत्ति, कृष्वहादुर मानन्धर छात्रवृत्ति, जय दुर्गा प्रतिभा छात्रवृत्ति, अम्बर बसन्त कोइराला स्मृति विज्ञान छात्रवृत्ति, विष्णु बहादुर–मोहन कुमारी खड्का स्मृति छात्रवृत्ति, गौरीमाया तथा इन्द्रप्रसाद श्रेष्ठ स्मृति विज्ञान छात्रवृत्ति, एकराज शर्मा पाण्डे तथा मन पाण्डे प्रतिभा छात्रवृत्ति, यशोधरा यसरेखा पन्त छात्रवृत्ति, डा. सर्मिला पोखरेल देवकोटा छात्रावृत्ति र रामप्रसाद तथा रत्नदेवी स्मृति पुरस्कार कोषजस्ता विधाबाट पुरस्कृत गरिएको थियो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वार्षिक स्मारिका ‘पद्म–पुष्प स्मारिका २०८०’ को विमोचन गरेको छ । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व विद्यार्थी, पूर्व शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवमा विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरन्जनका कार्यक्रमहरुको आयोजना गरिएको थियो । जसमा विद्यार्थीहरुले गायन, नृत्य, नाकट आदिजस्ता प्रस्तुति व्यक्त गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*