नेप्से घट्योः शिवममा झुम्मिए लगानीकर्ता, अपर तामाकोशीका लगानीकर्ताले गुमाए सर्वाधिक

३० फाल्गुन २०८०, बुधबार १५:०६

काठमाडौं । हिजो रौनक छाएको शेयर बजार आज ओरालो यात्रातर्फत लागेको छ। हिजो ५८ अंकले बढेर २१ को विन्दुमा पुगेको नेप्से आज ओारालो लागेको छ।

अर्थमन्त्रीले शेयर बजारमा चासो बढाएसँगै लगानीकर्ताहरुले बर्षमान पुन नेप्से ३२०० सुन भन्ने नारा लगाएर उत्साहपूर्वक कारोबार गरेको देखिन्छ । केही सातादेखि शेयर बजार सकारात्मक दिशामा गईरहेको छ।

साताको चौथौ दिन नेप्सेमा झिनो अंकले ओरालो लागेको छ । नेप्से आज २।४८ अंकले घटेर २१०८।७२ को विन्दुमा कायम भएको छ।

नेप्से सूचीकृत ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
६ क्षेत्रको उपसूचक बाहेक आज सबै राताम्मे भएको छ। आज फाइनान्स सेक्टरमा उछाल छाएको छ।

आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, सोनापुर मिल्स, अपर तामाकोशी, गुर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सर्वाधिक वृद्धिदरमा अग्रस्थामा रहेका कम्पनीहरुमा विन नेपाल लघुवित्त रहेको छ । हिजो बार्षिक साधारणसभा सम्पन्न गरेको कम्पनीले आज शेयर बजारमा सकारात्मक सर्किट लागेको छ।
हिजो हकप्रद शेयर सूचीकृत भएको अपर तामाकोशीको शेयर सर्वाधिक घटेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*