सान्जेन जलविद्युतको साधारणसभा किन भयो स्थगित ?

३० फाल्गुन २०८०, बुधबार १५:३६

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गतेकालागि आह्वान गरेका सभा स्थगित भएको जनाएको छ ।

कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी गरेको थियो । विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था श्रृजना भएको भन्दै कम्पनीले स्थगित गरेको हो ।

उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*