आधाभन्दा बढी बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट

३० फाल्गुन २०८०, बुधबार १५:४३

काठमाडौं । हिजो सबैमा हरीयाली लागेको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेसँगै अधिकांश बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

बजार घटेसँगै १५ वटा बीमा कम्पनीको शेयर भाउ घटेको छ । २ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन् भने ९ बीमा कम्पनीको मूल्य बढेको छ ।

२ पुनर्बीमा सहित नेप्सेमा हाल २६ वटा बीमा कम्पनीहरु सूचिकृत छन् ।

नौ वटा निर्जीवन बीमक रहेका छन् भने ६ वटा जीवन बीमक रहेका छन् । निर्जीवन तर्फ हिमालयन एभरेष्ट, आईजीआई प्रुडेन्सियल, नेपाल ईन्स्योरेन्स, प्रभु ईन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सलिको, सानिमा जीआईसी, सिद्दार्थ प्रिमियर र यूनाईटेज अजोड रहेको छ ।

शेयर मूल्य बढ्ने निर्जीवनमा नेको र एनएलजी ईन्स्योरेन्स रहेको छ । शिखर ईन्स्योरेन्सको आज कुनै कारोबर भएको छैन् ।

यता जीवन तर्फ ६ वटाको मूल्यमा गिरावट आएको छ । सिटिजन लाईफ, आईएमई लाईफ, नेशनल लाईफ, रिलायबल नेपाल, सन नेपाल र सानिमा रिलयन्सको शेयर मूल्य बुधबार घटेको छ ।

त्यसैगरी, हिमालयन लाईफ ईन्स्योरेन्स, लाई र्ईन्स्योरेन्स कर्पोरेशन नेपाल, नेपाल लाईफ ईन्स्योरेन्स र सूर्यज्योति लाईफको शेयर मूल्यमा बाढोत्तरी आएको हो ।

यस दिन एशियन लाईफ र प्रभु महालक्ष्मीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन् ।

यस्तै आज दुवै पुनर्बीमक कम्पनीको शेयर भाउ बढेको छ । नेपाल पुनर्बीमाको १।४२ र हिमालयन रिको १।१० प्रतिशतले मूल्य वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*