मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन पूर्वअर्थमन्त्रीलाई प्रधानमन्त्रीको आग्रह

३० फाल्गुन २०८०, बुधबार १५:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले यस्तो चुनौति दिएका हुन् । उनले मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री दाहाल आफूसँग रिसाएको भन्ने आशयको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नछर्न आग्रह गरे ।

‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले मेले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिनुभएको छ । म डा। प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ । नकारात्मक प्रचार गरेर जनतामा भ्रम नगर्न आग्रह गर्दछु’ उनले भने ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*