नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

३० फाल्गुन २०८०, बुधबार १६:२५

काठमाडौं। नेशनल हाइड्रोपावरको २७ औ वार्षिक साधारण सभा स्थगित भएको छ। सञ्चालक र शेयरधनी बीच विवाद भएपछि सभा स्थगित भएको हो ,

कम्पनीले यस अघि पनि दुई पटक सभा गर्न खोजेको थियो। त्यस बेला पनि सभा सम्पन्न हुन सकेको थिएन। सभामा विवादका कारण स्थगित भएपनि गणपूरक सङ्ख्या नपुगेको भन्दै सभा स्थगित गरियो। कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा पनि गणपूरक सङ्ख्या नपुगेकाले भन्दै सभा स्थगित गरेको थियो।

कम्पनीले डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटारमा सभा बोलाइएको थियो। खासगरि शेयरधनीहरू सञ्चालकसँग रिसाएका थिए। उनीहरूले कहिल्यै शेयरधनीलाई लाभांश नदिएको भन्दै चित्त दुखाएका थिए।

त्यही बीचमा शेयरधनी अलि बढी नै आक्रोशित हुँदै गएपछि सभा हलमै तनाव सिर्जना भएको थियो। पछि सञ्चालकहरू समेत खनिन थालेपछि सभा स्थगन गर्नुको विकल्प भएन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*