नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, क-कसले दिए ?

३० फाल्गुन २०८०, बुधबार १७:११

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ।

बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो ।
समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

अध्यष पदका लागि तत्कानलिन बीमा समिति(हाल नेपाल बीमा प्राधिकरण)का अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी, मुक्ति श्रेष्ठ र कृष्ण पोखरेलले आवेदन दिएका छन् ।

साथै नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, नेपाल स्टक एक्सचेञ्जका सीईओ कृष्ण बहादुर कार्की, नेप्सेकै कर्मचारी प्रबिण पन्दाक,शेयर लगानीकर्ता डा. केशब प्रसाद श्रेष्ठ र रघु काफ्लेले पनि आवेदन दिएका छन् ।

१९ छनौट समितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतिकरणका लागि बोलाउने छ । तिमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषदाई सिफारिस गरेपछि सरकारले बोर्डमा नयाँ अध्यक्ष नियुक्त गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*