लाभांश प्रस्ताव पारित गर्न साल्ट ट्रेडिङ्गले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

१ चैत्र २०८०, बिहीबार ०७:१४

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले आफ्नो ५७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार त्रिभूवन आर्मी आफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुने रकम चार करोड १८ लाख ३२ हजार ६४६ रुपैयाँ बराबरको बोनस शेयर जारी गर्ने र ०.७९ प्रतिशतका दरले नगद लाभांश बापत २२ लाख ३९७ रुपैयाँ (बोनसमा लाग्ने कर प्रयोजनार्थ समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत्र ९ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*