सेन्ट्रल फाईनान्सको साधारण सभा चैत्र २३ गते बस्दै, के–के छन् एजेण्डा?

१ चैत्र २०८०, बिहीबार ०७:४९

काठमाडौं । सेन्ट्रले फाईनान्स लिमिटेडले आफ्नौ २७ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र २३ गते शुक्रबार कम्पनीको केन्द्रीय कार्यालय भवन, कानदेवस्थान, कुपण्डोल, ललितपुरमा विहान १० बजेदेखि सुरु हुनेछ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।

सभामा गत वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्ष नियुक्त गरी पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, संस्थाको नियमावलीको नियम १९(४) मा संशोधन गर्ने तथा नियमावलीमा आवश्यक संशोधन गर्न संस्थाको संचालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।

सभा प्रयोजनार्थ कम्पनीले चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुरुप सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा उपस्थित हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*