रु रु जलविद्युतको ४४ लाख कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३ गते सकिँदै

१ चैत्र २०८०, बिहीबार ०८:११

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको ४४ लाख ४४ हजार ९९१ कित्ता शेयरको लक इन अवधि २०८१ वैशाख ३ गते पश्चात् सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले २०७८ साल वैशाख ३ गते शेयर बाँडफाँड गरको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार उक्त शेयर बाँडफाँडको मितिले तीन वर्षसम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

कम्पनीको ३९ लाख ४५ हजार ८८८ कित्ता संस्थापकहरुको शेयर, चार लाख ८९ हजार २४५ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको शेयर र नौं हजार ८५८ कित्ता कर्मचारीहरुको शेयर लक इनमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*