बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ चैत्र २०८०, बिहीबार १०:५४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य पुन उकालो लागेको छ । हिजो तोलामा एक हजार रुपैयाँ घटेको सुन आज भने ८०० रुपैयाँले बढेको हो ।

बिहिबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*