अर्थमन्त्री पुनको निर्देशन पछि सुख्खा भन्सार कार्यालयद्धारा अर्बौका सामाग्री लिलामीमा

१ चैत्र २०८०, बिहीबार १३:४५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको निर्देशनपछि तस्करहरुले सेटिङमा ल्याएको सामग्रीहरु भन्सार विभागले लिलामी प्रक्रिया सुरु गरेको छ । लामो समयसम्म जफत भएको समान लिन कुनै पनि ब्यापारि नआएपछि अर्थमन्त्री पुनको निर्देशनमा विभागले चेकजाँच गरी लिलामी प्रक्रिया अघि बढाएको हो ।

विभागले सुख्खा भन्सार कार्यालयअन्तर्गत रहेका कन्टेनरहरुको भौतिकरुपमा परीक्षण गरी सामान लिलामी प्रक्रिया सुरु गरेको जनाएको छ । सामान दाबी गर्न र भन्सार छुटाएर लैजान कार्यालयले सूचना समेत निकाल्दा कुनै ब्यक्ति सम्पर्कमा नआएको विभागको भनाइ रहेको छ ।

लिलामी सूचना अनुसार कार्यालयले पोस्ता दानाको प्रतिकिलो मूल्य एक हजार ९०१ रुपैयाँ, सुपाडी प्रतिकिलो ७९८ रुपैयाँ तोकिएको छ । यो सामान खरीद गर्न कार्यालयमा गोप्य सिलबन्दीसहित निवेदन दिनुपर्नेछ । लिलामीमा ल्याएको समाग्रि बिक्री भए राज्यलाई अर्बौ रकमको फाइदा हुने देखिएको छ ।

त्यस्तै, लिलामीमा ल्याएको कार्पेट, पोस्ता दाना, सिलाइ मेशिन, फिड सप्लिमेन्ट, सोयामिल, कालो मास दाना, विदेशि रक्सी, वाइन, सुकुमेल, अटो पार्टस र विभिन्न प्रकारका तेल रहेका छन् ।

np_CamScanner 03-12-2024 18.25

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*