बिशेष अदालतको सुनुवाइको प्रत्यक्ष प्रसारण गर्ने तयारी

१ चैत्र २०८०, बिहीबार १६:४०

काठमाडौं । बिशेष अदालतले आफ्नो सुनुवाइको प्रत्यक्ष प्रसारण ९लाइभ स्ट्रिमिङ० गर्ने तयारी गरेको छ । भ्रष्टाचार, गैरकानुनी सम्पत्ति आर्जन, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दाको सुनुवाइ गर्ने विशेष अदालतले आफ्नो सुनुवाइलाई प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको हो ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनुवाइको प्रत्यक्ष प्रसारणको लागि सर्वोच्च अदालतबाट अनुमति पाइसकेको र केही दिनमै प्रत्यक्ष प्रसारणको सुरुवात गर्ने तयारी भइरहेको छ । प्रवक्ता कार्कीले भने, ‘हामी एक–दुई दिनमै ट्रायल गर्ने पक्षमा छौँ, पूर्णरुपमा लाइभ स्ट्रिमिङ हुने समय ढिलोमा नयाँ वर्ष हो । त्यतिबेलासम्म हामी लाइभ स्ट्रिमिङमा गइसकेका हुन्छौँ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*