रामेछापमा भिषण आगोलागी, २६ घरगोठ जलेर नष्ट

२ चैत्र २०८०, शुक्रबार ०७:१७

काठमाडौं । जंगलमा लागेको आगो बस्तीमा पसेर रामेछाप नगरपालिका–९ टार गाउँका २६ घरगोठ जलेर नष्ट भएका छन् । हिजो अपरान्हदेखि बस्तीमा पसेको डढेलो नियन्त्रण गर्न नसक्दा कम्तीमा २६ घरगोठ जलेर नष्ट भएको रामेछाप नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष चन्द्र श्रेष्ठले पुष्टि गरेका छन् ।

घट्नामा मानवीय क्षति नभए पनि लाखौं रुपैयाँको भौतिक सम्पत्ति, अन्न तथा पशुचौपायाहरु जल्न पुगेका छन् । एक्कासी डढेलो गाउँमा पुग्दा गाउँको १४ वटा घर र १२ वटा गोठमा क्षति पुगेको छ ।

आगोलागीमा परेर गोठमा बाँधिएका गाई, भैँसी, गोरु र ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । घट्नामा बीमा दावी पर्ने नपर्ने खुल्न बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*