स्वास्थ्य बीमा बोर्डमा १४३ जनालाई रोजगारको अवसर

२ चैत्र २०८०, शुक्रबार ०९:४६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले जिल्लास्थित कार्यालयको लागि करार सेवामा जनशक्ति माग गरेको छ । बोर्डले दर्ता अधिकारी पाँचौ तह, प्रसाशन पदमा १४३ जनाका लागि दरखास्त आह्वान गरेको हो । यसमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्ला तथा स्थानीय तहमा गइ दर्ता अधिकारीको रुपमा काम गर्नुपर्नेछ ।

यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । उमेरको हकमा १८ वर्ष पुरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेरमा पाँच वर्ष थप हुनेछ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित चैत्र १६ गतेभित्र स्वास्थ्य बीमा बोर्ड, बबरमहल, काठमाडौंमा आवेदन दिसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*