आज विश्व उपभोक्ता अधिकार दिवस, राष्ट्रिय उपभोक्ता मञ्चद्वारा गुणस्तरीय खाद्यान्नको ग्यारेन्टी गर्न माग

२ चैत्र २०८०, शुक्रबार १०:३१

काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस रहेको छ । सर्वप्रथम आम नागरिकको दैनिक जीवनसँग सरोकार राख्ने दिवसको रुपमा विश्वव्यापी तवरले मार्च १५ लाई ‘विश्व उपभोक्ता अधिकार दिवस’को रुपमा मनाइने गरिएको छ ।

यसै दिवसको अवसर पारेर आज राष्ट्रिय उपभोक्ता मञ्चले एक विज्ञप्ती जारी गर्दै विगतमा उपभोक्ता अधिकार दिवसकै दिनमा सरकारकै स्वामित्वमा रहेको आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाउने काम गर्ने, खाद्य व्यापार कम्पनीले ढुसी परको चामल पश्चिमेली नेपाली जनालाई बेच्ने काम गरेको स्मरण गराउदै गुणस्तरीय खाद्यान्नको ग्यारेन्टी गर्न माग गरेको छ ।

मञ्चले तरकारीको मूल्य फेरे जस्तै सरकार फेरिने राजनैतिक दलका नेतृत्वबर्गले यस वर्षको दशैं तिहारमा तस्करहरुले ल्याएको चिनी चामलको आपूर्ति व्यवस्था सुदृढ भएको दाबी सरकारबाट जसरी भयो त्यो आम उपभोक्ताको लागि लज्जाको विषय भएको उल्लेख गरेको छ ।

अन्तर मन्त्रालयको समन्वयको अभावमा आम उपभोक्ताले चिनी प्रति किलो १६० रुपैयाँमा र चामल प्रति बोरा ६ सय रुपैयाँसम्म अधिक मूल्य तिरेर किन्न बाध्य भएको स्मरण गराउँदै फेरिएको नयाँ गठबन्धनले आगामी वर्षको बजेट तथा कार्यक्रममा उपभोक्ता अधिकार संरक्षणको लागि उपभोक्ता अदालतको व्यवस्था र उपभोक्ताको दैनिक जीवन सहज गर्नका लागि खाद्यान्न लगायत सामग्रीहरुको आपूर्ति व्यवस्था सहज गरी आफ्नो उपस्थिति देखाउन र स्वच्छ तथा प्रतिस्पर्धी सार्वभौमक उपभोक्ताको अधिकार सुरक्षित गर्न ठोस कदम चाल्ने अपेक्षा मञ्चले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*