सिआईबीको नेतृत्व परिवर्तन, श्यामलाल ज्ञवालीलाई दिइयो जिम्मेवारी

२ चैत्र २०८०, शुक्रबार १८:५०

काठमाडौं । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को नेतृत्व परिवर्तन गरेको छ ।

एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् ।

ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*