पराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सहकारी र सुन तस्करी प्रकरणमा पक्राउ

२ चैत्र २०८०, शुक्रबार १९:०४

काठमाडौं । पराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन सुन तस्करी प्रकरणमा पक्राउ
परेका छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो ।

२ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए ।

तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*