अर्थ मन्त्री अनन्तको सकारात्मक सन्देशः अप्ठेरोकै बीचमा नयाँ उत्साह भर्नसक्नुपर्छ

४ चैत्र २०८०, आईतवार १०:०७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले देशको अर्थव्यवस्था राम्रो भइसकेको बताएका छन् । नागरिक लगानी कोषको बार्षिकोत्सव कार्यक्रमलाई आज विहान सम्बोधन गर्दै अर्थमन्त्री अनन्तले सकारात्मक सोचसहित काम गर्न सबैलाई आह्वान गरेका छन् । मन्त्री अनन्तले सकारात्मक भविष्यको लागि हामी सबै तयार हुनै पर्ने अवस्था आईपुगेको बताएका छन् ।

अर्थमन्त्री अनन्तले भने, जहाँ प्रश्न उठ्छ, त्यही जवाफ दिनुपर्दछ, यसबाट कोही डराउनुपदैन । तर हामी अगाडि जाने गरी सकारात्मक भविष्यका लागि तयार हुनैपर्नेहुन्छ ।

अर्थमन्त्री अनन्तले सबैले समीक्षा गरेर परिवर्तन र सकारात्मक भविष्यको लक्ष्यतर्फ अघि बढ्न आह्वान गरेका छन् । काम गर्ने शैली, सोच्ने, शैली, हामी आफूलाई समीक्षा गर्ने शैलीमा आफूतिर फर्कन सबै निकायले परेको छ । राजनीतिमाथि प्रश्न, व्यवसायमाथि प्रश्न, बैंकमाथि प्रश्न, वित्तीय संस्था, लघुवित्त र सहकारीमाथि सबैमाथि प्रश्न उठेको छ, सार्वजनिक प्रशासनमाथि प्रश्न, न्यायालयमाथि प्रश्न, मिडियामाथि प्रश्न उठेका छन् ।

देशमा चरम राजनीतिक मौलाएको बताउँदै मन्त्री अनन्तले आफू अर्थमन्त्रीको कुर्सीमा बस्दासम्म कुनै पनि राजनीतिक पार्टीको भनेर पक्षपात नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राज्यको विधि र कानुनभित्र रहेर काम गर्ने प्रबिद्धता जनाएका छन् । काम गर्दा पार्टीको विधान अनुसार हुँदैन नेपालको संविधान अनुसार काम गर्नुपर्दछ । कानुन भन्दा बाहिर कोही पनि नहुने भन्दै अर्थमन्त्री अनन्तले अर्थमन्त्रालय मातहतका निकायमा चरम राजनीति अबका दिनमा स्वीकार्य नहुने संकेत गरेका छन् ।

मन्त्री अनन्तले सबैले सकरात्मक सोच अनुसार काम गर्नुपर्ने बताउँदै मानव विकास सूचांकमा समेत नेपालको अवस्था धेरै सुध्रिएको बताउँदै औषतभन्दा माथि आर्थिक बृद्धिदर रहेको बताउँदै दक्षिण एसियामा हाम्रो समाज उदार रहेको बताउँदै नेपाल राम्रो भव्य रहेको बताए ।

अर्थमन्त्री अनन्तले आत्मनिन्दा भन्दा राम्रा कुरामा टेकेर रमाउँदै अघि बढ्नुपर्ने बताए । नेपालको सभ्यता, संस्कार, समाजलाई हेरेर यथार्थबाट विश्लेषण गर्दा आर्थिक रुपमा केही कमजोर रहेपनि अब धेरै सुधार भसकेको बताए । अब देशको अर्थतन्त्रमा तीव्र विकास हुने तथ्य औल्याउँदै अर्थमन्त्री अनन्तले बजारमा थुप्रिएको तरलता व्यवस्थापन गर्नुपर्ने अवस्था आईपुगेको बताए ।

मन्त्री अनन्तले कुनै पनि नेतृत्वले अप्ठेरो अवस्थामा नै सुधार परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न सक्नुपर्ने र बाहनाबाजी गरेर काम चल्ने अवस्था नरहेको बताए । समस्याको हल गर्न सक्ने मान्छेलाई नै इतिहासले सम्झने बताउँदै अर्थमन्त्री अनन्तले भग्यवादमा आधारित रहेर सुधार हुननसक्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*