एक घण्टामै श्रम स्वीकृति दिने तयारी

४ चैत्र २०८०, आईतवार १७:०२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ ।

आज एक कार्यक्रमकाबीच उनले यस्तो जानकारी दिएका हुन् ।

श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुस्ख पाएको भन्दै एक घण्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

उनले आगामी शुक्रबारभित्र एक घण्टामै श्रम स्वीकृतिको सक्कल कागजात कामदारको हातमा हुने गरी व्यवस्था गर्न निर्देशन दिएका छन् । ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*