जोर्डनले तीन सय महिला नेपाली कामदारलाई निःशुल्क लैजाने

५ चैत्र २०८०, सोमबार ११:५८

काठमाडौं । जोर्डनले ३०० जना नेपाली महिला कामदारलाई निःशुल्क लैजाने भएको छ । जोर्डनको इर्बिड शहरस्थित क्लासिक फेसन अपेरल इन्डष्ट्रि लिमिटेड कम्पनीमा फ्याक्ट्रि वर्करको रुपमा काम गर्न नेपाली महिला कामदार लैजान लागिएको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनुपर्नेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नुपर्नेछ । करार अवधि ३ वर्ष रहेको छ भने कम्पनीको नियमानुसार कामदारले वार्षिक बिदा पाउनेछन् ।

कामदारले खाने बस्ने सुविधासहित ४१ हजार ५२ नेपाली रुपैयाँ मासिक तलब पाउनेछन् । इच्छुक कामदारले एससीसी मेनपावर कम्पनी प्रा.लि.को कार्यालय काठमाडौंमा चैत्र १२ गते अन्तरवार्ता दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*