सुन काण्डमा विवादित राकेश अडुकियाको सम्बन्धः न छानविन न पक्राउ ! कसरी हुँदैछ सेटिङ ?

५ चैत्र २०८०, सोमबार ११:५८

काठमाडौं । २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ब्रेकशुको नाममा भन्सार जाँचपास गरी बाहिरिएको १०० किलो सुन राजस्व अनुसन्धान विभागले छापा मारेर पक्राउ गरे लगत्तै विवादित व्यापारी राकेश कुमार अडुकियाको शंकास्पद भागदौड सुरु भइसकेको थियो । विवादित पृष्ठभूमिका अडुकिया राजश्व अनुसन्धान विभागले छानविन गरिरहेकै बेला पटक पटक विदेश र नेपाल आउजाउ गरे ।

राजश्व अनुसन्धान विभागले अडुकियाको संलग्नता स्पष्ट भए लगत्तै २०८० साउन १० गते उनको घरमा छापा मारेर महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको थियो । तर, राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाको नेतृत्वमा रहेको टोलीले अडुकियाको संलग्नता पुष्टि गर्दै पक्राउ गर्न खोजिरहेको बेला संसद देखि सरकारसम्म चर्को झगडा भयो र उक्त काण्डको छानविन राजश्व अनुसन्धान विभागबाट प्रहरीको जिम्मा लगाइएयो । घटनाको १९ औं दिनपछि सबै फाइल विभागले सिआईबीलाई हस्तान्तरण गर्यो ।

त्यहीबाट सेटिङ सुरु भयो । सोही क्रममा विवादित व्यापारी राकेश अडुकियासँग प्रहरीले बयान समेत लियो तर सेटिङमा झन सुरक्षित बनाएर छोडियो । भारतको गुडगाउँ घर भएका अडुकियाले नेपाली नागरिकता समेत लिएका छन् । उनको परिवार नै यस्तै सेटिङ र तस्करीमा संलग्न रहँदै आएको छ ।

राकेश अडुकियाले कुनै समय नेपाली शेयर बजारका चर्चित खेलाडी भएकोले चिनियाँसँग मिलेर अहिले सुन तस्करी गर्दै आएका छन् । सो क्रममा अडुकियाले नेपालमा चिनियाँसँग मिलेर अर्बौ रुपैयाँको सुन तस्करी गर्दै आएका थिए । उनको सुन तस्करी धन्दाको कनेक्टन अब टेस्ला गाडीतर्फ पनि सोझिएको छ । नेपालमा टेस्ला गाडीको कारोबार अरिती इन्टरनेशनलले गर्दै आएको छ । सो कम्पनीका मुख्य मालिक राकेश अडुकिया नै हुन् । टेस्ला गाडीको सिईओमा राकेश अडुकियाका छोरा रोहन अडुकियालाई प्रमुख कार्यकारी अधिकृत बनाइएको छ ।

नेपालमा सुन काण्डको छानविन सुरु भएसँगै अडुकिया फरार थिए । राकेश अडुकिया सुन तस्करीमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको सिआईबीले बयान समेत लिएको थियो ।

सुन तस्करीमा संलग्न मध्येका एउटा संदिग्ध व्यक्ति आरजु राणासँगको सेटिङमा निर्धक्क नेपाल आउजाउ गरेर व्यवसाय गरिरहेको छ तर प्रहरीले पक्राउ गरेको छैन । सरकारले गठन गरेको छानविन आयोगले समेत राकेश अडुकियाको नाम हराएको छ । सुन काण्ड पुनः छानिवन गरी दुधको दुध पानीको पानी निकाल्छु भनेका नयाँ गृहमन्त्री रवि लामिछानेले राकेश अडुकियाको सुन तस्करीमा संलग्नतामाथि छानविन गर्न सफल होलान ? के राकेश अडुकिया पक्राउ पर्लान प्रश्न उठेको छ ।

 

सुन तस्करी काण्डका फरार अभियुक्तको टेस्ला गाडीसँगको कनेक्सन, कस्तो होला छानविन ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*