दुर्गा प्रसाईका सहयोगी खतरानाक हतियारसहित सर्वोच्चमा, प्रहरीद्धारा नियन्त्रण

५ चैत्र २०८०, सोमबार १६:०७

काठमाडौँ । ब्यवसायी दुर्गा प्रसाईंका सुरक्षागार्ड सर्वोच्च अदालत परिसरमा खतरानाथ हतियारसहित पक्राउ परेका छन् । सोमबार प्रहरीले हातहतियारसहित प्रसाईंका सुरक्षागार्ड दीपक खड्कालाई नियन्त्रणमा लिएको हो ।

उनी हतियारसहित सर्वोच्च अदालतमा घुमि रहेका थिए । खड्काको साथबाट प्रहरीले एचके ५३ हतियार नियन्त्रणमा लिएको हो । सोमबार सर्वोच्च अदालतमा प्रसाईंको मुद्धाको सुनुवाइ भइरहेको थियो । सोही क्रममा हातहतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंको मुद्दा सोमबार न्यायाधीशहरु डा कुमार चुडा र न्यायाधीश शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*