बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

६ चैत्र २०८०, मंगलवार १०:४०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोेबार भइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*