सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन

६ चैत्र २०८०, मंगलवार १०:५३

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको २२औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ  सञ्चालकमा निर्वाचित गरेको हो ।

यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ निर्वाचित गरेको हो। सञ्चालकमा चयन भएकाहरू आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् ।

siddharth premier insurance chair person

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*