रवि लामिछाने र म मिलेर भ्रष्ट्राचार काण्डका छानबिन अझै सशक्त बनाउँछौः प्रधानमन्त्री प्रचण्ड

६ चैत्र २०८०, मंगलवार १३:१८

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गृहमन्त्री रवि लामिछाने र म मिलेर भ्रष्ट्राचारका काण्डहरुमा छानबिनलाई अझै शशक्त बनाउने बताएका छन् । प्रतिनिधि सभामा सांसदले उठाएका प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

आफ्नो सरकारको पहिलो निर्णयले सुशासन भएको भन्दै सुशासनका लागि कुनैपनि सम्झौता नहुने बताए । उनले भने, ‘मेरो सरकार आएदेखि सुन काण्ड जग्गा हिनाबिना काण्डमा छानबिन शशक्त रुपमा अघि बढेका छौ । मेरो सरकार आएदेखि कसैलाई काखा कसैलाई पाखा नगरी दोषि कोहि नछुटने गरी शशक्त भएर काम गरी रहेका छु ।’

सुशासनका लागि अहिलेको सरकारले कोहिसँग कसै किसिमको सम्झौता नहुने प्रधानमन्त्री प्रचण्डको तर्क थियो । नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिदै प्रचण्डले गृहमन्त्री लामिछानेको सहकारीको निक्षेप हिनामिना गरेको कुनै प्रमाण फेला नपरको उनले बताए । उनले भने, ‘रवि जि को सहकारी ठगि सम्बन्धी कुनै पनि प्रमाण छैन । अदालतको बिचारधीनमा पनि रविको नाम उल्लेख छैन । पिडितले उठाएको नाममा कुनै पनि ब्यक्तिको नाम तोकिएको छैन ।’

सहकारी सम्बन्धी मुद्धामा गृहमन्त्री लामिछाने निर्दोष रहेको प्रधानमन्त्री प्रण्चडले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*