२४ घण्टाभित्र इजाजत दिइएका सबै हतियारको विवरण उपलब्ध गराउन गृहमन्त्रालयको निर्देशन

६ चैत्र २०८०, मंगलवार १६:३५

काठमाडौँ। इजाजत दिइएका हतियारको विवरण पठाउन मतहतका निकायलाई गृह मन्त्रालयले निर्देशन दिएको छ ।

आइतबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*