काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा

७ चैत्र २०८०, बुधबार १३:२५

काठमाडौं । बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा पहाडी तथा उच्च पहाडी क्षेत्रका केही ठाउँमा वर्षा भइरहेको छ । वर्षा भएसँगै त्यहाको जनजीवन अस्तव्यस्त भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको मौसम विभाग, पूर्वानुमान शाखाले जनाएको छ ।

दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

मौसम विभाग, पूर्वानुमान शाखाले बिहीबार र शुक्रबार पनि कोशी, मधेश र बागमती प्रदेशमा पनि बदली र वर्षाको सम्भावना रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*