देशैभरीका स्वास्थ्य संस्थाहरुलाई मापदण्ड बमोजिम स्वास्थ्य बीमा सेवा दिन बोर्डको निर्देशन

७ चैत्र २०८०, बुधबार १५:१६

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई मापदण्ड बमोजिम स्वास्थ्य बीमा सेवा प्रदान गर्न निर्देशन दिएको छ ।बोर्डको फागुन २४ गते बसेको बैठकले स्वास्थ्य संस्थाहरुलाई नियमित खाने औषधि लिन आउने बिरामीहरुको लागि छुटै रेलफिल काउण्टरको स्थापना गरी सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

साथै, बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध जेष्ठ नागरिकहरुका लागि छिटो छरितोरुपमा सेवा प्रदान गर्न मंगलबार नियमित रुपमा जेरीएट्रिक क्लिनिक सञ्चालन गरी सेवा प्रदान गर्न समेत स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको हो ।

स्वास्थ्य संस्थाहरुलाई अस्पतालमा सेवा लिन आउने बिरामीहरु मध्ये ५० प्रतिशत भन्दा बढी स्वास्थ्य बीमाका बिरामी हुने हुनाले हाल भईरहेको स्वास्थ्य बीमाका बिरामीहरुका लागि छुटै लाईनको व्यवस्था हटाई एकै लाईनबाट सबै बिरामीहरुलाई सेवा प्रदान गर्न समेत बोर्डले निर्देशन दिएको छ ।

स्वास्थ्य बीमाको परिचय (बीमा कार्ड) देखाई सेवा प्रदान भईरहेकोमा अव देखि नागरिक एप, एचआईबि प्रोफाइल, लगायतका डिजिटल कार्डबाट निर्माण (जेनेरेट) हुने परिचयपत्रमा भएको क्यूआर स्क्यान गरी सो बाट समेत सेवा उपलब्ध गराउन बोर्डले स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*