सलिकोले चैत्र २३ गतेदेखि बीमा अभिकर्ता र क्षति मुल्याङ्कनकर्ताको तालिम सञ्चालन गर्ने

९ चैत्र २०८०, शुक्रबार ०८:५३

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले कृषि, पशूपन्छी तथा जडिबुटी बीमा अभिकर्ता र क्षति मुल्याङ्कनकर्ताको आधारभूत तालिम संचालन गर्ने भएको छ । कम्पनीमा आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै कम्पनीले तालिम संचालन गर्न लागेको हो ।

क्षति मुल्याङ्कनकर्ताको आधारभूत तालिम चैत्र २३ गतेदेखि २६ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म उदयपूर गाईघाटमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । यता, बीमा अभिकर्ताको आधारभूत तालिम चैत्र २३ गतेदेखि २४ गतेसम्म बिहान १० बजेदेखि ५ बजेसम्म उदयपूर गाईघाटमा सञ्चालन गरिनेछ ।

तालिममा सहभागी हुन इच्छुकले आवश्यक कागजातसहित गाईघाट उपशाखा कार्यालय वा प्रधान कार्यालय, काठमाडौंमा सम्पर्क राख्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*