सुन तोलामा १३ सय रुपैयाँले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

९ चैत्र २०८०, शुक्रबार १०:३८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहिबार हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने तोलामा एक हजार ३०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*