शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा सम्पन्न

९ चैत्र २०८०, शुक्रबार १४:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गौरब अग्रवालको अध्यक्षतामा कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षणसहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले संस्थापक समूह ‘क’ का शेयरधनीबाट तीन जना र सर्वसाधारण समूह ‘ख’ बाट एक जना संचालकको निर्वाचन गर्ने र कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने एजेण्डालाई पनि पारित गरेको छ ।

सभामा आफ्नो मन्तव्य राख्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे कम्पनीका बीमितहरुको दावी भुक्तानीलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताएका छन् ।

कम्पनीले सभा प्रयाजनार्थ फागुन २७ गते देखि बुक क्लोज गरेको थियो । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*