संसदमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक दर्ता

९ चैत्र २०८०, शुक्रबार १९:३१

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ ।

यसअघि सरकारले बजेट आउनु भन्दा तीन महिना अगाडि नै अर्को आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता संसदमा पेश गर्नुपर्ने गरी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशले संशोधन गरेका र अन्य केही व्यवस्थाहरु समेत संशोधन गर्ने गरी बनेको विधेयक अर्थमन्त्री वर्षमान पुनले विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*