अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु

१२ चैत्र २०८०, सोमबार ११:३५

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकै गाँउका पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ३ जना घाइते भएको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिए । मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा सुयेडी भन्ने ठाउँमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए ।

‘साफे सडकमा काम गर्ने मानिस हुन् । मेला हेरेर फर्किने क्रममा दुर्घटना भएर मल्लेख गाउँपालिका वडा नं १ रिसिदह गाउँका पाँच जनाको मृत्यु भएको हो । घाइते तीन जनाको अछामको बयलबाटा अस्पतालमा उपचार भैरहेको छ’ अध्यक्ष साउदले बीमापोष्टलाई जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*