ग्लोवल मनी विकमा सुदुरपश्चिम प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम

१२ चैत्र २०८०, सोमबार १३:१५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोवल मनि वीकमा अवसरमा देशका विभिन्न स्थानमा बीमा सचेतना कार्यत्रम सञ्चालन गर्दै आएको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले पनि देशका दुर दराज ठाँउका बिद्यार्थीहरुलाई बीचा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन् ।

सुदुरपश्चिम प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । सुदुरपश्चिम प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।

सुदुरपश्चिम प्रदेश कार्यालयले उक्त अवसरमा शुक्रबार अर्थात चैत ९ गतेका दिन धनगढी, कैलालीमा रहेको सुदुरपश्चिमाञ्चल एकेडेमीमा वित्तीय एबम् बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले उक्त कार्यक्रम नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डसँग सहकार्य गरेर सम्पन्न गरेको हो । बीमा साक्षरता कार्यक्रमा करिब १९६ जना भन्दा बिद्यार्थीहरुको सहभागिता रहेको सुदुरपश्चिम प्रदेश प्रमुख हृदयश्रर पण्डितले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक प्रदेशका कामु राजन बाबु पाण्डेले बैंकिङ्ग र वित्तीय सम्बन्धि जानकारी बिद्यार्थीहरुलाई दिएका थिए । उनले बिद्यार्थीहरुलाई समयमा नै बचत गर्नूका फाइदाहरु समेत बताएका थिए ।

‘ग्लोबल मनि वीकको अवसरमा हामिले सुदुरपश्चिम प्रदेशको सुदुरपश्चिमाञ्चल एकेडेमी लगायतका बिद्यालयहरुसँग सम्वनय गरी शिक्षक र बिद्यार्थीहरुलाई बीमा सम्बन्धि जनचेतनामुलक ज्ञान प्रदान गर्न कार्यक्रम सम्पन्न गरर्यौ’ प्रदेश प्रमुख पण्डितले बताए । साथै उनले शिक्षक र बिद्यार्थीलाई बीमा सम्बन्धि ज्ञान प्रदान गर्दा गाँउ समाजमा रहेका आम नागरिकलाई सजिलै बीमा ज्ञान प्रदान गर्न सकिने बताए ।

बिद्यार्थिहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृति विकास गर्ने, सहभागिहरुलाई नेपालको बीमा प्रणाली र व्यवसायको सम्बन्धमा जानकारी प्रदान गर्ने र शिक्षक एवं विद्यार्थीहरुसँगको सहकार्यमा बीमा साक्षरता अभिवृद्धि गरी बीमा दायरा विस्तार गर्ने उदेश्यसहित सुदुरपश्चिम प्रदेश कार्यालयले कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*