निर्जीवन बीमा कम्पनीको ब्यवसाय २६ अर्ब, शिखरको अग्रता कायमै, सलिकोलाई पछ्याउँदै सिद्धार्थ र आइजिआई

१४ चैत्र २०८०, बुधबार १४:३२

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको आठ महिनासम्ममा कुल २६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागनु महिनासम्मको रिपोर्ट अनुसार निर्जीवन बीमा कम्पनीले २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीम शुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस अवधिसम्ममा इन्स्योरेन्सले ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क कमाउन सफल भएको छ ।

यसअवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियमले २ अर्ब ५६ करोड, आइजिआई प्रुडेन्सियलको २ अर्ब ३० करोड २३ लाख रुपैयाँको ब्यवसाय गरेका छन् ।

त्यस्तै, समिक्षा अवधिमा हिमालयन एभरेष्टले २ अर्ब ८ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड, युनाइटेड अजोडले १ अर्ब ७४ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड, सानिमा जिआईसीले १ अर्ब ५६ करोड, एनएलजीले १ अर्ब ६२ करोड, नेपाल इन्स्योरेन्सले ९९ करोड ४७ लाख, दि ओरिएन्टलले १ अर्ब १८ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २६ करोड र नेशनलले ७६ करोड रुपैयाँबीमा शुल्क आर्जन गरेका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*