सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न एक लाख २७ हजार ९०० रुपैयाँ चाहिने

१५ चैत्र २०८०, बिहीबार १०:५९

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम भएको छ। बिहीबार सुन तोलामा एक हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। उक्त मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, चाँदीको मूूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ५१० रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*