दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालसहित २० जनाविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, एमडीएमएसमा घोटाला

१५ चैत्र २०८०, बिहीबार १६:४७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दूरसञ्चार प्राधिकरणका पुर्व अध्यक्ष सहित २० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

दूरसञ्चार प्राधिकरणका निर्देशकहरु दिपेश आचार्य, सुरेन्द्र हाडा र अच्यूतानन्द मिश्रसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा र पुरुषोतम खनाल, पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाललाई समेत प्रतिवादी बनाएको छ । प्रतिवादी २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

एमडीएमएस खरिद कार्य गर्दा पुष्टयाइँको आधार बिना बदनियतपूर्ण ढंङ्गले अस्वभाविक बढी लागत देखाई उक्त लागत अनुमान र बोलपत्र स्वीकृत नगराई एक्सप्रेसन अफ इन्ट्रेस्ट जारी गरेको अख्तियारले दर्ता गरेको मुद्धामा भनेको छ ।  मनासिब कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई अस्वभाविक रूपमा बढी सामान बढी मूल्य तिरी खरिद गर्ने, गलत लिखत तयार गर्ने, सरकारी/सार्वजनिक कागजातहरू लुकाए/नष्ट गर्ने गराउने कार्य गरेको पुष्टी भएको अख्तियारको ठहर छ ।

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशनका अध्यक्ष दीपक मलहोत्राको समेत उक्त घोटालामा हात रहेको चर्चा रहेपनि अख्तियारले भने उनको नाम उल्लेख गरेको छैन ।

Hc2Ll5

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*