प्रतिनिधिसभाबाट आज बजेट पारित गर्ने तयारी
काठमाडौं। प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।