बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

१० असार २०८१, सोमबार १०:३५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६००रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेको छ। यस दिन चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*