त्रिभुवन विमानस्थल पाँच महिनाको लागि दैनिक १० घण्टा बन्द हुने, चैतदेखि लागू हुदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले त्यस वरपरका स्थानहरु मर्मत गनुपरेको कारण दैनिक १० घण्टा बन्द गर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आगामी २३ गतेदेखि दैनिक १० घण्टाका लागि बन्द गर्ने तयारी गरेको छ। पाँच महिना समयअवधिमा यो व्यवस्था लागू गर्न लागिएको बुझिएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलमन अनुसार २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा रहेका धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ लगायतको काम गनुपर्ने भएको कारण सोहि अवधिको लागि बन्द गर्न लागिएको बुझिएको छ।
विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकबाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द हुनेछ । काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अब वायुसेवा कम्पनीहरूले आफ्नो निर्धारित उडान समय परिमार्जन गनुपर्छ ।











