सरकारी कर्मचारीहको तलव निर्धारण मर्यादाक्रमका अनुसार गर्न सर्वोच्चको परमादेश
१० असार २०८१, सोमबार १७:४१
काठमाडौं। सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा सरकारी कर्मचारीहरुको तलव निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले मर्यादाक्रम अनुसार माथिल्लो मर्यादामा रहेका कर्मचारीको भन्दा तल्लो मर्यादामा रहेका कर्मचारीको तलब भत्ता बढी रहेको भन्दै सहन्यायाधिवक्ता गोविन्द खनालसहित ३३ जनाले सर्वोच्चमा रिट हालेका थिए ।
आज न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदकको माग बमोजिम परमादेश दिएको छ ।