व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने
काठमाडौँ । व्यावसायिक कारोबार गरेको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नपाउने बताएको हो ।
कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्युआर कोड अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने जनाएको छ ।