यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.७२ रुपैयाँ रहेको छ ।
एक यूरोपियन यूरोको खरीदका लागि १४२.४८ रुपैयाँ लाग्ने भएको छ भने बिक्रीका लागि १४३.१२ रुपैयाँ लाग्ने भएको छ । त्यसैगरी बेलायती पाउण्ड स्र्टलिङ्ग एकको खरीदमा १६८.३४ रुपैयाँ र बिक्रीमा १६९.१० रुपैयाँ लाग्नेछ ।
यस दिन एक कुवेती दिनारको खरीददर ४३३.९० रुपैयाँ र बिक्रीदर ४३५.८५ रुपैयाँ रहेको छ भने एक बहराईन दिनारको खरीदमूल्य ३५३.११ रुपैयाँ र बिक्रीमूल्य ३५४.७० रुपैयाँ निर्धारण गरिएको छ ।