भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको छुः गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि इमान्दार भएर लागेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।
उनले अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा प्राप्त नगरेको बताए । भ्रष्टाचारी एक दिन कानुनको दायरामामा आउँछ भन्ने विश्वास जनतामा ल्याउनुपर्ने उनको भनाइ थियो ।
भ्रष्टाचार राजनीतिको दाउपेज बन्न नहुने उनको भनाइ थियो । “निरन्तर रूपमा सरकार लागेको छ । भइरहेको काण्डहरूको मात्र हैन कुनै पनि कालखण्डमा भएको काण्डहरूलाई छानबिन गर्न शक्तिशाली आयोग बनाउने तयारी छ । यो साहस आँटका साथ प्रस्तुत भएका छौँ,” उनले भने ।