यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २० गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्रीदर १३३.९६ रुपैयाँ रहेको छ ।
आज एक यूरोपियन यूरोको खरीदका लागि १४३.४७ रुपैयाँ लाग्ने भएको छ भने बिक्रीका लागि १४४.११ रुपैयाँ लाग्ने भएको छ । त्यसैगरी बेलायती पाउण्ड स्र्टलिङ्ग एकको खरीदमा १६९.३३ रुपैयाँ र बिक्रीमा १७०.१० रुपैयाँ लाग्नेछ ।
यस दिन एक कुवेती दिनारको खरीददर ४३५.०१ रुपैयाँ र बिक्रीदर ४३६.९६ रुपैयाँ रहेको छ भने एक बहराईन दिनारको खरीदमूल्य ३५३.७६ रुपैयाँ र बिक्रीमूल्य ३५५.३६ रुपैयाँ निर्धारण गरिएको छ ।