स्वास्थ्य बीमा बोर्डले एक हजार औषधिको शुल्क तोक्यो, साउन १ गतेदेखि लागू हुने
काठमाडौं। स्वास्थ्य बीमा अन्तर्गत सुविधा थैलीका सेवा सुविधाको परिमार्जित नयाँ दर सार्वजनिक भएको छ। स्वास्थ्य बीमा बोर्डले बोर्डले १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क तोकेको हो।
यो नयाँ दररेट साउन १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ।
परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ, जनरल बेड चार्ज प्रतिदिन दुई सय ५० रुपैयाँ राखिएको छ। सबैभन्दा सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले कोही औषधिको मूल्य घटेको छ, कुनैको बढेको बताएका छन् । मार्केट एनलाइसिस गरेर यो नयाँ मूल्य सूची तयार गरेको र सो अनुसार नै बीमितलाई बिक्रि गर्न समेत उनले अनुरोध गरेका छन् ।